कस्तो होला ? ईजरायलमा यसबर्षको हरितालिका तिज

1012
views

अनिरुद्र सुवेदी
अबको ६७ दिनमा ईजरायलमा रहेका प्रवासी हिन्दु नारीहरुले फरक शैलीमा हरितालिका तिज मनाउने निर्णयमा पुगेका छन् । अगष्ट २५ तारिक २०१७ अर्थात भाद्र ९ गतेका दिन ईजरायलमा रहेका नेपाली महिलाहरु नेपाली पोषाक, नेपाली भेषभुषा र नेपाली संगितको तालमा एकै ठाउँमा छमछमी नाच्दै ईजरायललाई सपनाको नेपाल बनाउँदै छन् । यहाँ रहेका हिन्दु नेपालीहरुले छाडा र भड्किला नभई नारी वेदनाका तीज गितहरुका धुनमा नेपाली हरितालिका तीज मनाउने योजनामा रहेको नवदृष्टि डटकमका ईजरायल संवाददाता अनिरुद्र सुवेदीले बताए । ईजरायलमा रहेका प्रवासी नेपालीहरुले हरेक बर्ष भव्यताका साथ विभिन्न तरीकाले हरितालिका तिज मनाउँदै आएका छन् । इजरायलमा रहेका सामाजिक राजनैतिक धार्मिक जातीय संघ संस्था तथा संचारकर्मीहरुले सामुहिक रुपमा मनाउने निर्णय गरेका हुन् ।
हामी प्रवासी नेपाली भन्छौं ‘फुटेर होईन जुटेर काम गरौं’ जस्ले समुन्नत राष्ट्र तथा सभ्य समाजको निर्माण गर्न सकिन्छ भन्दै तिज विषेश कार्यक्रम भव्यताका साथ मनाउने तयारी भईरहेको ईजरायलबाट नवदृष्टि डटकमका संवाददाता अनिरुद्र सुवेदीले जानकारी दिएका छन् । तिज विषेश कार्यक्रममा इजरायलमा रहेका संघसंस्थालाई मूल आयोजक भित्र रहनको लागि समेत अनुरोध गरिएको छ ।
आयोजक संस्थाहरुमा अहिलेसम्म गैर आवासीय संघ एनआर इजरायल, नमस्ते नेपाल हातेमालो संजाल सामाजिक संस्था, ॐ जनजागरण अभियान नेपाल–इजरायल, नेवा खल इजरायल, प्रवासी नेपाली मञ्च नेपाल, संघीय समाजवादी फोरम नेपाल इजरायल, नारीका लागि नारी एक करोड एक रुपयाँ अक्षय कोष इजरायल, अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी), प्रवासी नेपाली एकता समाज इजरायल, संघीय लिमुवान सामाजिक मञ्च नेपाल, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा रहेका छन् ।
यसैगरी फ्याफुला मिडिया प्रा.लि (तामाङ अनलाइन डटकम, रेडियो हिमशिखर मिडिया इजरायल, भोजपुर समाज इजरायल, झापाली समाज इजरायल, तुलसी मोरोरियल क्यान्सर इजरायल, हिन्दु जागरण इजरायल, कृष्ण प्रणामी इजरायल, प्रवासी नागरिक समाज इजरायल, रुपन्देही समाज इजरायल, अन्तराष्ट्रिय कलाकार समाज इजरायल, पर्वत सेवा समाज इजरायल, नारीको लागि नारी इजरायल,उज्वल भविश्य मिडिया ग्रुप, प्रवासी सृजनशिल महिला समुह इजरायल रहेका छन् ।