कपिलवस्तु बम विष्फोटमा दश घाइते, तीनको अवस्था गम्भीर

589
views

कपिलवस्तु, ४, असार । कपिलवस्तुको बाणगंगा नगरपालिकामा मनोनयन दर्ता भइरहेकै बेलामा करिब चार किलोमिटरको दूरीमा बम विष्फोट भएको छ । अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटमा परी १० जना घाइते भएका छन् भने तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सबैलाई उपचारका लागि ४ नम्बर सामुदायिक अस्पताल र्पुयाइएको प्रहरीले जनाएको छ । बाणगंगा नगरपालिका–४ गजेहडामा दिउँसो साढे १ बजेतिर बम विष्फोट भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
विष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापश्चात् प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीब्र पारिएको छ ।