दार्जिलिङमा सैन्य दमन-प्रतिरोधमा सैनिक कमाण्डरको मृत्यु

590
views

काठमाडौं, ४, असार । दार्जिलिङमा नेपाली भाषीमाथि भएको सैन्य दमनको प्रतिरोध गर्दा एक सैनिक कमाण्डरको मृत्यु भएको छ । गोर्खाल्याण्ड राज्य र नेपाली भाषाको माग गर्दै आन्दोलनमा उत्तिएका त्यहाँ नेपाली भाषीको आन्दोलनमा सेनाले दमन गरेपछि आन्दोलनकारी प्रतिरोधमा उत्रिएका छन्प्रतिरोधमा सेनाका कमाण्डर किरण तामाङको घटनास्थलमै मृत्यु भएको हो । तामाङ आइआरबी कमान्डर भएको जनाइएको छ । सेनाले अन्धाधुन्दा गोली चलाएर तीन गोर्खाल्याण्ड समर्थकको हत्या गरेको मोर्चाले जनाएको छ । मोर्चाका सहसचिव विनय तामाङका अनुसार गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेकोमा विरोध प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तालाई सेनाले ताकेर गोली प्रहार गरेको छ ।’ बिना चेतावनी सेनाले ताकीताकी गोली प्रहार गरेपछि मोर्चाका दर्जनौं कार्यकर्ता घाईतेसँगै केही मृत्यु समेत झेलेका छन् । उता बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आतंकवादी संगठनहरुसँग गोजमुमोका साठगाँठ रहेको र गोप्य रुपमा हतिहायर राखेको आरोप लगाएकी छन् । बेनर्जीले अभिव्यक्तिपछि दार्जिलिङ झनै तनाग्रस्त बनेको समाचारहरुमा जनाइएको छ ।