नुवाकोट रेडक्रस सोसाईटीद्वारा हल्देकालिकावासीलाई स्ट्रेचर प्रदान

2643
views

नुवाकोट, ५, असार । नुवाकोट रेडक्रस सोसाईटीले आयोजना गरेको नवनिर्वा्चित जनप्रतिनीधिहरुसँगको समन्वय बैठकले साविक हल्देकालिका वासीलाई ग्रामिण एम्वुलेन्स (स्ट्रेचर) प्रदान गरिएको छ । उक्त सामान साविक गाविसका ९ वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेगरी स्वास्थ्य चौकीका ईन्चार्ज नरेन्द्र डंगोललाई हस्तान्तरण गरिएको हो । यस्तै हल्देकालिका माविलाई सरसफाई सम्बन्धी सामाग्री वितरण गरिएको छ । हल्देका प्रधानध्यापक बलराम भारतीलाई सरसफाई सम्बन्धी सामाग्री हस्तान्तरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा आयोजित सुर्यगढी गाउपालिकाका नवनिर्वा्चित जनप्रतिनिधिहरुसँगको समन्वय बैठको अवसरमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो ।
उक्त अवसरमा बोल्दै नवनिर्वा्चित गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले रेडक्रसका गतिविधिमा आफ्नो गाउँपालिकाको पुर्ण सहयोग रहने प्रतिबद्धा व्यक्त गर्नुभयो । उहाँले रेडक्रसले गर्ने कामहरु आगामी दिनमा सबैतिर पुग्नुपर्ने बिचार व्यक्त गर्नु गर्नुभयो । नुवाकोट रेडक्रसका पुर्व सभापति राम प्रसाद जोशीले रेडक्रसले विगतमा गरेका कामको चर्च गर्नु भएको थियो । नेरेसो जिल्ला शाखा सदस्य रामजी पौडेलले निर्वा्चित जनप्रतिनिधिहरुले रेडक्रस मार्फत मानवीय सेवा र सामाजिक सेवाको कार्यमा लाग्न सुझाव दिनुभयो ।
बैठकमा वडा नम्बर ४ हल्देकालिकाका अध्यक्ष रामकुमार गिरी, नेरेसो हल्दे बागेश्वरी उपशाखा सभापति एवं ३ नम्बर वडा अध्यक्ष ऋषि बहादुर पौडेल लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा नवनिर्वा्चित पदाधिकारीहरुलाई नुवाकोट रेडक्रसको तर्फबाट सभापति सुरत चित्रकारले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रम नेरेसो जिल्ला सभापति सुरतबहादुर चित्रकारको अध्यक्षतामा सम्पन्न भएको थियो बैठकमा नेरेसो नुवाकोटका कार्यक्रम संयोजक सारदा खतिवडाले रेडक्रसले गरेका गतिविधि र आगामी दिनमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।