प्रबासी नेपाली मंच इजरायल (एमाले) को प्रथम बार्षिक उत्सवको तयारी

902
views

अनिरुद्र सुवेदी
इजरायल । नेकपा एमाले इजरायलले प्रथम बार्षिकउत्सवको भव्य तयारी गरेको छ । इजरायलमा कार्यरत सामाजिक संघ संस्था, राजनीतिक संगठन, जातिय तथा धार्मिक संस्था संचारकर्मी, विध्यार्थी, बुद्धिजिवीको उपस्थितिमा बार्षिक उत्सव मनाउन लागिएको हो ।
उक्त कार्यक्रमलाई नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्रबास बिभाग प्रमुख प्रभावशाली युवा नेतृ बिन्दा पाण्डेले संबोधन गर्ने कार्यक्रम रहेको छ । प्रबासी नेपाली मंच (एमाले)को आयोजनामा हुन लागेको उक्त कार्यक्रम यसोधा माला ४४ तेलभीबमा हुने जनाइएको छ ।
२३ तारिख शुक्रबारको साँझ हुने कार्यक्रममा सम्पूर्ण प्रवासी नेपालीहरुलाई उपस्थितिको लागि आव्हन गरिएको एमाले ईजरायल मञ्चले जनाएको छ ।
उक्त कार्यक्रमको अवसरमा प्रबासी नेपाली मंच इजरायल (एमाले) ले बेतलेखेम डेडसी स्थित पर्यटकिय क्षेत्रका मनोरम दृश्यको अवलोकनका लागि एकदिने भ्रमणको समेत आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको प्रबासी नेपाली मंच इजरायल (एमाले)का अध्यक्ष तिर्थ गौतमले जानकारी दिनुभयाे ।