निष्कर्षविहिन बन्यो संवैधानिक परिषद बैठक

605
views

काठमाडौँ, ५, असार । सिंहदरबारमा प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । न्यायपरिषदले सिफारिस गरेका छ जना न्यायधीश मध्ये वरिष्ठताको आधारमा कायम मुकाय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएपनि परिषद्का सदस्य समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले थप अध्ययन आवश्यक भएको भन्दै तर्किएपछि बैठक सकिएको हो । वरिष्ठताका आधारमा न्यायपरिषदले सिफारिस गरेका न्याधीशहरु कायममुकायम प्रधानन्यायाधीश पराजुली सहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेल रहेका छन् ।
नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ । संवैधानिक सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ती हुने संवैधानिक व्यवस्था रहेको छ ।