मानव अधिकारका लागि सर्वोच्चको आदेश कार्यान्वय गराउन अनुशिक्षण कार्यक्रम

855
views

पर्वत, ५, असार । सर्वोच्च अदालतको आदेश कार्यान्वयका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको मानवअधिकार कार्ययोजना, लैगिक हिंसाको अन्त्य लैंगिक सशक्तिकरणका विषयमा अनुशिक्षण कार्यक्रम गरिएको छ । उक्त कार्याक्रममा मानवअधिकारको अवधारणा, मानव अधिकारको विकासक्रम, अहिलेसम्मको उपलब्धी, राष्ट्रिय कार्ययोजना, लैंगिक हिंसा विरुद्ध नेपाल सरकारको निती तथा कार्यक्रम कानुनी संरचना, जिल्ला स्तरीय संयन्त्र, र सार्वजनीक सरोकारका विबाद लगायतका विषयमा छलफल गरीएको थियो । कार्यक्रमको सहजिकरण गर्दै मन्त्री परिषद कार्यालयका उपसचिव लोकहरी बस्यालले कानुनी शासनको पालना गराउन मानव अधिकार मुख्य रहेको बताउनुभयो । उहाँले नियामक निकायको आदेश पालना गराएर मानव अधिकारको प्रत्याभुत गराउनुपर्ने आवश्यक्ता औंल्याउँनुभयो । उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्वतमा गरिएको जनाईएको छ । कार्यक्रममा जिल्लाको न्यायको अवस्थाको बारेमा जिल्ला न्यायाधीश मोहन राज भटटराईले देवयानी र फौजदारी मुद्दा बढेको जनाउँदै अधिकतम मुद्दाहरु फस्र्यौट गरीसकेको बताउनु्भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख शेखर खनालले जिल्लाको सुरक्षाको स्थिती र मानव अधिकारको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख सीता थापाले जिल्लामा भईरहेको महिला हिंसा तथा घरेलु हिंसा, वालविवाह लगायतका घटनाको बारेमा जानकरी गराउनुभएको थियो । उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।