नेपाल–भारतम सिमा व्यवस्थित गर्ने प्रचण्डको खुलासा

727
views

पूर्नवास, ९, असार । माओवादी अध्यक्ष प्रचण्डले नेपाल र भारतको सिमा क्षेत्रलाई व्यवस्थित बनाउने मन्तव्य दिएपछि पूर्नवासवासीले तालीको गडगडाहट दिए । केन्द्रित मासमा भड्किलो भाषण दिउका प्चण्डको मन्तव्यले सबैलाई आर्कषण गरिरहेको थियो । कञ्चनपुरको पूनर्वासमा आयोजित चुनावी सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले उत्तेजित बनाए । चुनावी सभामा उनले भने ‘ नेपाल–भारत सीमा व्यवस्थित गरिने छ तपाईहरु ढुक्क हुनुहोस् ।’
शुक्रबार आयोजित सभामा बोल्दै प्रचण्डले आफुम प्रधानमन्त्री भएकै बेला गोविन्द गौतमको शहादत भएको स्मरण गर्दै भारतीय पक्षसँग कुरा गरेर दुई देशबीच सीमा निर्धारण समिति बनेको समेत स्पष्ट पारे । भारत–नेपाल सिमा व्यवस्थितका लागि कार्यदल समेत बनेको र कार्यदलले कति काम गर्यो, त्यसको समीक्षा हुने समेत खुलस्त पारे । प्रचण्डले भने ‘नेपाली भुमिको संरक्षणका लागिसीमा व्यवस्थित गरिनेछ ।’ प्रचण्डले स्थानीय तहको निर्वाचन जनसरकारको निर्वाचन भएकोले परिर्वतनका लागि लडाई लडेको माओवादीलाई निर्वाचनमा विजयी गराउन आग्रह समेत गरे । उनले भने माओवादी नभएको भए गणतन्त्र हुँदैनथ्यो, संघीयता आउँदैनथ्यो । यो स्थानीय तह बनाउने पक्षमा कांग्रेस एमाले थिएनन्, उनीहरु त गाबिस र गाउँ पञ्चायतकै चुनावको पक्षमा थिए। माआवादीको संघर्षले स्थानीय तह बन्यो, निर्वाचन भयो । यो जनताको सरकार अर्थात् जनसरकारको निर्वाचन हो ।’