सलमान खानको प्रतिक्षित फिल्म ’ट्युबलाइट’ रिलिज

755
views

सलमान खानको प्रतिक्षित फिल्म ’ट्युबलाइट’ शुक्रबार रिलिज भएको छ । कबिर खान निर्देशित उक्त फिल्मले आफ्नो पहिलो दिनको बक्स अफिस रेकर्ड २१.१५ करोड बनाएको छ, जुन यो वर्षको दोस्रो ठुलो बक्स अफिस रेकर्ड भएता पनि सलमानका अघिल्ला फिल्मको तुलनामा निकै कम हो । ईदमा रिलिज भएका सलमानको अघिल्ला फिल्महरु ’सुलतान’, ’बजरंगी भाईजान’ र ’किक’को तुलनामा सलमानको ’ट्युबलाइट’ को पहिलो दिनको आमदानी औशत मात्र हो । यसअघि रिलिज भएका मध्य फ्राईडे रिलिजमा सबै भन्दा कम २०१० मा रिलिज भएको ’दबंग’लको १४.५० करोड थियो । फ्राईडे रिलिजमा ’सुल्तान’ले सर्वाधिक ३६.५४ करोड बनाएको थियो ।
शनिबार सम्ममा ’ट्युबलाइट’को आम्दनी ४२.३२ करोड

भारतीय समीक्षक राजा सेन गुप्ताका अनुसार टयुब लाईटमा सलमानको अभिनय निकै नराम्रो छ । उनले फिल्मलाई ५ मध्य केवल एक स्टार दिए । साईंबाल चाटर्जीले फिल्मलाई ३ स्टार दिए । उनले भने, ’यदि तपाई सलमानको फ्यान हुनु हुन्न भने पनि एक पटक ’ट्युबलाइट’ अवश्य हेर्नुहोस्। ट्युबलाइटले मनोरंजन भन्दा बढ़ी नै दिन्छ ।
कबिर खानद्वारा निर्दे्शित चलचित्र ट्युबलाइट हलिउड चलचित्र ‘लिटल ब्वाय’को हिन्दी रिमेक हो । ’ट्युबलाइट’मा सलमान खानका साथै सोहेल खान, ओम पुरी, चिनियाँ कलाकार झु झुलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सन् १९६२ को भारत–पाकिस्तान युद्धको विषयमा आधारित छ ।