पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

770
views

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।
राति पानी पर्ने क्रम र पहिरो खस्ने क्रम चलेकाले पहिरो हटाउन नसकिएको हो । पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन छ ।
गएको शुक्रबार मात्रै यहाँको कालीखोला नजिकै पहिरो खसेर १७ घन्टा पछि बाटो खुलेको थियो। सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् ।