प्रहरी नायव निरीक्षक भीमबहादुर कठायत पुरस्कृत

615
views

बाँकेको नेपालगञ्जमा घरको छतबाट अचानक खसेको बच्चालाई समातेर सकुशल उद्धार गर्ने प्रहरी नायव निरीक्षक भीमबहादुर कठायत पुरस्कृत भएका छन् । कठायतले गत जेठ ३० गते बाँके जिल्लाको नेपालगञ्ज १२ स्थित विपिचोकमा दुई तले घरको छतबाट खसेकी नफिज करिवालकी तीन वर्षिया छोरी जयनतालाई जमिनमा खस्न नदिइ समातेर उद्धार गरेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उद्धार कार्यमा उत्कृट कार्य गरेको भन्दै कठायतलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका छन् ।
त्यस दिन अपरान्ह करीव सवा चार बजे त्यही ठाँउमा एपीएफ टोली ड्युटीमा रहेको र एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका अचानक खसेकी थिइन् ।