निर्वाचन विथोल्ने समुह पनि थवाङमा भाग लिएको छ निर्धक्क हुनुहोस्ः

568
views

तुलसीपुर दाङ, १२, असार । दाङ पुगेका गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीयतहको निर्वाचनमा जनता उत्साहित रहेको र दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताउनुभएको छ । आज बिहान सञ्चारकर्मीसँग गरिएको साक्षात्कार कार्यक्रममा गृहमन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
गृहमन्त्रीले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भन्नुभयो शान्ति सुरक्षा पु¥याउन नसक्ने भएर होइन ।
उहाँले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताउनुभयो ।
त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उहाँको भनाइ छ ।