मुस्लिम समुदायको इद उल फित्र पर्व हर्सोल्लासका साथ मनाउँदै

813
views

विराटनगर, १२, असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शनपछि मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ पर्व मनाएका छन् ।
यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । मुस्लिम समुदायबाट यो पर्वमा गरिबलाई दान दिने चलन छ ।

यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् । मुस्लिम समुदायले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ ।