आँफु जन्मेको ठाउँ नियालेपछि …

959
views

जन्मेको ठाउँ नियाली हेरेँ माटोको माया छ ।
यो लिमिठाना तल र माथी पाटोको माया छ ।।

 

हुर्किँदा मैले गुल्टिदै उठ्दै गरेको स्वर्गमा ।
पौडेल थर हो आँटिघर बाटोको माया छ ।।

झुपडी मेरो खरले छाको घाम्पानी नछेक्ने ।

चुहिने छानो पुराना डाँडा भाटोको माया छ ।।

क्या मज्जा हुन्थ्यो खेल्थेम हामी डन्डिब्यो कपर्दी ।
समात्दा सैँले लागेको चोट खाटोको माया छ ।।

प्रदेश जाँदा पारेर पोको दिएको पछ्यौरी ।
आमाका आँसु खसेर लाग्या टाटोको माया छ ।।

जन्मेको आँफू नियाली हेरेँ माटोको माया छ ।
यो लिमी ठाना तल र माथी पाटोको माया छ ।।