सहयोग पाएपछि जनता धन माविका दृष्टिविहिन विद्यार्थी हर्षित

915
views

विकासराज पौडेल
पर्वत, १२, असार । कपडा र झुल पाएपछि यहाँका २३ जना दृष्टिविहिन विद्यार्थी र शिक्षकहरु खुसीले गद्गद् भए । सहयोगको अपेक्षामा रहेका बाग्लुङ बलेवा स्थित जनता धन  माविका २३ जना दृष्टिविहिन विद्यार्थी र शिक्षकहरु पोशाक, झुल र फलफुल पाएपछि निकै हर्षित भएका हुन् ।
कास्की पोखरादेखी बाग्लुङका दृष्टिविहिनलाई सहयोग गर्ने उद्वेश्यले सोमवार वलेवा आएको सच्चाइको सत्सङ कास्की नेपाल पोखरा लामाचौर सत्सङ परिवारले पोशाक, झुल तथा फलफुल वितरण गरेपछि दृष्टिविहिनहरु खुसी भएका हुन् । विद्यालयको छात्रावासमा भएको कपडा वितरण कार्यक्रममा दृष्टिविहिन विद्यार्थी आकाश न्यौपाने र दिना पाण्डे कपडा, झुल र स्नेह पाएपछि हर्षित हुँदै सहयोगी परिवारलाई अंकमाल गरे ।
यस्तै अर्का दृष्टिविहिन विद्यार्थी महेश शर्मा र चाँदनी शर्माले सहयोगी संस्थापति आभार प्रकट गर्दै विद्यालयमा अझै धेरै कुराको अपुग रहेको र अन्य संघ संस्थाप्रति सहयोगको अपेक्षा गरे । जनता धनु माविका प्रधानाध्यापक कुमार पौडेल र दृष्टिविहिन शिक्षकले धेरै संघसंसथाको सहयोगले आफुहरुले विभिन्न जिल्लाका दृष्टिविहिनहरुलाई विद्यालयको छात्रावासमा राखेर अध्यापन गराउन सफल भएको बताए ।

उनीहरुले सच्चाइको सत्सङ कास्की नेपाल पोखरा लामाचौर सत्सङ परिवारलाई दृष्टिविहिन विद्यार्थी शिक्षकप्रतिको माया ममताको उच्च कदर गरे ।प्रअ पौडेलले आफुले उत्पादन गरेका विद्यार्थी देश विदेशका विभिन्न ठाउँमा रहेर सपाङ व्यक्ति जस्तै अपाङ्गता भएकाले पनि विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा उदाहरणिय काम गर्न सफल भएको बताए । सत्सङ परिवारले विद्यालयमा रहेका २३ जना दृष्टिविहिन छात्रछात्रा, चारजना दृष्टिविहिन शिक्षक र दुईजना आयलाई कपडा तथा झुल वितरण गरेको छ ।
कपडा वितरण कार्यक्रममा विगत आठ बर्षदेखी सञ्चालित सत्सङ परिवारका सञ्चालक सञ्जय पाख्रिन र अध्यक्ष ज्ञानु पाख्रिनद्वारा सञ्चालित सत्सङ परिवारले कोशी बाढीपीडित देखी भुकम्प पीडितलाई आर्थिक सहयोग, हरेक ६÷६ महिनामा रक्तदान कार्यक्रम र पोखरामा रहेका वृद्धवृद्धाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दै आएको सञ्चालक सञ्जय पाख्रिन र अध्यक्ष ज्ञानु पाख्रिनको भनाई थियो ।
सञ्चालक सञ्जय पाख्रिन र अध्यक्ष ज्ञानु पाख्रिनले आफुहरु विगत आठबर्षदेखी गरीब, दिनदुखी, दुखकष्ट पाएका वृद्धवृद्धाहरुका लागि निस्वार्थ सामाजिक सेवामा लागेको पनि बताए । उनीहरुले उक्त विद्यालयलाई हरेक महिना पाँचबोरा चामल, वाद्यवादनका सामाग्रीका साथै अन्य सुविधा प्रदान गर्ने समेतको आश्वासन दिएका छन् ।
सञ्चालक सञ्जय पाख्रिनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिन प्रसाद श्रेष्ठ, शिक्षक सन्त बहादुर सिके लगायतले मन्तव्य राखेका थिए भने विनोद विकले सञ्चालन गरेको उक्त कार्यक्रममा एकसय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।