गुगललाई दुई अर्ब ४० करोड युरो जरिवाना !

2811
views

ब्रसेल्सः युरोपियन कमिसनले गुगललाई दुई अर्व ४० करोड युरो जरिवाना गरेको छ। गुगलले गुगल सर्च इन्जीनमा आफ्ना पावरको सदुपयोग गरेको भन्दै युरोपियन कमिसनले उसलाई कारबाही गरेको हो। गुगललाई कारबाही स्वरुप तोकियको दुइ अर्व ४० करोड युरो जरिवान युरोपियन कमिसनले लगाएको आज सम्मकै ठुलो रकमको हो ।
गुगलले आफ्नो गुगल सर्च इन्जीनमा कुनै पनि कुरा सर्च गर्दा सूरुमा प्रयोगकार्तले खोजेको सामग्री भन्दा पनि आफ्नो अनलाईन बजारका सामाग्रिलाई स्थान दिएको भन्दै उक्त जरिवाना तोकिएको हो।
जरिवानका साथै युरोपियन कमिसनले गुगललाई यस्तो व्यवहार ९० दिन भित्र अन्त्य गर्न आदेश समेत दिएको छ । यदि तिन महिना भित्रमा पनि गुगलले आफ्नो प्रोडक्ट प्रचारलाई नरोकेको खण्डमा गुगलको मुख्य संस्था अल्फावेटको दैनिक आम्दानिको पाँच प्रतिशत बुझाउनु पर्नेछ । पछिल्लो तथ्याङक अनुसार अल्फावेटको दैनिक आम्दानी एक करोड ४० लाख युरो रहेको छ।
गुगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन कमिसनले जनाएको छ । कमिसनका अनुसार गुगलले आफ्नो पावरलाई यसरि प्रयोगमा ल्याउँदा अन्य कम्पनी तथा व्यक्तिले उत्पादन गरेको नयाँ र इनोभेटिभ आइडियाले स्थान नपाउने भएकाले पनि जरिवाना गरिएको हो।
यसका साथै गुगलले आफ्नो सर्च इन्जीमा सर्च गर्दा आफ्नो अनलाइनमा भएको प्रोडक्टलाई मात्र सजेस्ट गर्दा ग्राहक तथा प्रयोगकार्ताले रोजेर सामान किन्न नपाउने अन्तराष्ट्रिय समाचारमा उल्लेख गरिएको छ । अन्नपूर्ण पोष्टबाट