केरमेट गरेको मतपत्र बाँडिएपछि अछाममा विवाद

569
views

अछाम, १४, असार । अछाममा केरमेट गरिएको मतपत्र मतदातालाइ बाँडिएपछि विवाद भएको छ । अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वार्ड न ७ दुर्गा देवी मावि मतदान केन्द्रमा ०१०२८०१, ०११०२८५०० देखि ०१०३००० सम्मका मत पत्र केरमेट गरेको अवस्थामा मतदातालाई वितरण गरेपछि विवाद भएको हो ।
मतदाताले मतदान अधिकृतविरूद्ध नारावाजी गरेका छन । मतदान अधिकृतले आफ्नो मत बदर गराउने उद्देश्यले मतपत्रमा केरमेट गरेको भन्दै उनीहरूले बिरोध जनाएका हुन । उक्त मतदान केन्द्रमा अमर बहादुर स्वाँर मतदान अधिकृत रहेका छन । मतदाताले स्वाँरलाइ कारबाही गर्न माग गरेका छन ।