थवाङमा उत्साहपुर्ण मतदान, ७५ प्रतिशत मत खस्याे

631
views

रोल्पा, १४, असार । रोल्पा थवाङका मतदाताहरुले उत्साहपुर्ण मतदान गरेका छन् । दोस्रो सविंधानसभाको चुनाव २०७० मा एक भोट पनि नखसेको पश्चाताप गर्दै थवाङबासीले उत्साहपुर्ण तरिकाले मतदान गरेका हुन् ।
निर्वाचन अधिकृत कमलबहादुर विष्टका अनुसार थवाङमा अहिले सम्म करिब ७५ प्रतिशत मतदान भईसकेको छ । साविकका थवाङ, उवा र मिरु गाविसलाई गाभेर थवाङ गाउँपालिका बनाइएको छ । थवाङमा कुल ५ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।
विप्लब नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता अमित घर्तीले स्वतन्त्र रुपमा उम्मेदवारी दिए छन् । अध्यक्षमा घर्तीलाई सर्मथन गर्दै नेपाली कांग्रेसले श्रीकुमारी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
यस्तै एमालेले अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जन रोकालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले आफ्नो पकड क्षेत्र भन्दै आएको थवाङमा अध्यक्षमा वीरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार बनाएको छ ।