रुद्रप्रियाका लागि रेखा थापाको विश्राम

969
views

रेखा थापा नेकपा माओवादी (केन्द्र) छोडेर राप्रपामा प्रवेश गरिन्, उन राजनीतिक सक्रियता ह्वात्तै बढ्यो । उनी पार्टी महाधिवेशन अनि स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा देश दौडाहामा निस्किइन् ।

उनको फेसबुक वाल हेर्दा लाग्थ्यो, उनी फिल्मी अभिनेत्री कम, राजनीतिक नेता ज्यादा लाग्थिन् । दुर्भाग्य ! प्रदेश नम्बर–३, ४ र ६ मा राप्रपा नेपालको कन्तबिजोक भयो । यता, पलाँस र डायरी फिल्म फ्लप भए ।

दोहोरो नोक्सान बेहोरेपछि रेखाले राजनीति रोज्छिन् कि फिल्म ? शंका उठिरहेका बेला उनले दोस्रो विकल्प रोजेकी छन् । र, रुद्रप्रियाको सुटिङ सुरु गरिन् । यस फिल्मको उनी हिरोइन मात्र होइनन्, निर्मात्री पनि हुन् ।

त्यसमाथि सात वर्षपछि आर्यन सिग्देलसँग रोमान्स गर्ने संयोग जुरेको छ । अनि राजनीतिबाट विश्राम लिनुपरेन र !