५ सय मतदाता, खसेको मत २ ! अबेरसम्म मतदाताको पर्खाईमा

662
views

नवलपरासी, १५, असार । पाँचसय मतदाता रहेको नवलपरासीको सरावल गाउँपालिका–६ को जनता मावि भुजहवा केन्द्रमा राती अबेरसम्म जम्मा २ मतमात्रै खसेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । भुजहवा मतदान केन्द्रमा ५ सय १ जना मतदाता रहेकोमा ४ सय ४१ जनाले मतदाता परिचयपत्र लगेको भएपनि जम्मा दुईमत खसेपछि सबै आश्चर्यमा परेका थिए । यो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण मतदान बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
राजपाको प्रभाव रहेको उक्त क्षेत्रमा जम्मा दुई मत खसेको हो । साविकको भुजहवा गाविसका ८ वटा वडालाई सरावल गाउँपालिकाको वडा नम्बर २ मा राखे पनि साविकको भुजहवा गाविसको वडा नम्बर २ लाई मात्रै सरावल गाउँपालिकाको वडा नम्बर ६ मा राखिएको थियो । मंगलबार बोलाइएको सर्वदलीय बैठकसमेत बहिष्कार गरेका छन् ।