भरतपुर प्रकरण नदोहोरिने गरी ७ दिनभित्र परिणाम आउने

810
views

असार, १५ । स्थानीय तह दोस्रो निर्वाचनको मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन कार्य भएको आयोगले जनाएको छ । मतपेटिका जम्मा गरेपछि मुख्य निर्वाचन अधिकृतले जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी मतगणनाको समय र स्थान तोक्नेछन् ।
भरतपुरमा मतपत्र च्यातिएको घटनाजस्तै यो पटक नदोहोरियोस् भनेर आयोगले मतगणनामा पर्याप्त सुरक्षा प्रबन्ध गरी मतगणना गराउने व्यवस्था गरेको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
’धेरै टोली बनाएर उचित ठाउँको व्यवस्थापन गरी सुरक्षा प्रबन्ध गरेर मात्रै मतगणना गर्न निर्देशन दिइसकेको शर्माले जानकारी दिए ।
वर्षाको समय भएकाले मतपेटिका जोगाउन त्यही खालको व्यवस्थापनको कार्य भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शर्माका अनुसार नगरपालिकाको सात दिनभित्र र गाउँपालिकाको तीन दिनभित्र मतगणना सम्पन्न गराउने व्यवस्था मिलाइएको छ ।