काठमाडौं, १५, असार । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ ।
टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुगलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, रेफ्रीले दिएनन् ।
निर्धा्रित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राभो हिरो बने र चिली ३–० ले विजयी बन्यो । अब उसले उपाधिका लागि जर्मनी र मेक्सिकोको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।