प्रधानन्यायाधीशमा गोपाल पराजुली सिफारिस

862
views

काठमाडौं, १५, असार । संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानयायाधीशमा सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उहाँलाई प्रधान्यायाधीशमा चयन गर्दै संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले पराजुलीका बिषयमा छलफल गरेको थियो । प्रधानन्यायधीशबाट सुशीला कार्कीले अवकाश लिएपछि पराजुली कायम मुकायम प्रधानन्यायाधीश रहदै आउनु भएको थियो । न्यायपरिषदले यसअघि बरिष्ठताका आधारमा पराजुलीसहित सर्वोच्चका ६ जना न्यायाधीशको नाम परिषदमा सिफारिस गरेको थियो ।