काठमाण्डौका चार लायन्सद्वारा पशु चौपाया छाड्नेलाई कार्वाहीको माग

935
views

नवदृष्टि संवाददाता
काठमाण्डौं, १९, असार ।
विभिन्न चार लायन्स क्लवहरुले काठमाण्डौ महानगरपालिकाभित्र छाडा छाडिएका पशु चौपायले गर्दा सडक दुर्घटना हुनुको साथै वातावरण दुर्गन्धित भएको भन्दै संरक्षण एवं नियन्त्रणका लागि संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

लायन्स क्लवहरुले सडक दुर्घटनाबाट सुरक्षित हुन छाडा पशु नियन्त्रण गरौं भन्ने मुल उद्वेश्यका साथ काठमाण्डौ महानगरपालिकालाई संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापन पत्र बुझाएका हुन् ।

 

विभिन्न चार लायन्स क्लबहरुद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा काठमाण्डौभित्र ‘पशु चौपायले दिनहँु सडक दुर्घटना सवारी जाम वातावरण प्रदुषण बढ्दै गएकोले यसको दिर्घकालिन व्यवस्था भएमा मात्र महानगरको औचित्य हुने समेत उल्लेख गरिएको छ ।’
ज्ञापन पत्रमा भनिएको छ ‘‘काठमाण्डौलाई महानगरपालिकाको रुपमा स्थापीत गर्न गाईवस्तु कुन किसानले पालेको हो ? कति छ ? त्यसको अभिलेख राख्न लगाई गाईबाच्छा छाडा छोडिएमा कडा कार्वाही गरिने र भुस्याहा कुकुर विरालो जस्ता पाल्तु जनावरको पनि अभिलेख राखी नेपाल सरकारको नियम अनुसार कार्वाही गर्ने चेतावनी सहित व्यवस्थित गर्न अनुरोध गरिएको छ ।’’
लायन्स क्लब अफ काठमाण्डौ बोधिसत्वका अध्यक्ष फुर्वा लामा तामाङ, लायन्स क्लब अफ काठमाण्डौ नेचुरलका अध्यक्ष मुक्ति प्रसाद भण्डारी, लायन्स क्लब अफ नेपाल प्याराडाईजका प्रथम उपाध्यक्ष दिपेन्द्र खनाल, लायन्स क्लब अफ काठमाण्डौ ध्रुर्वताराका अध्यक्ष विपना पुनद्वारा हस्ताक्षरीत संयुक्त ज्ञापन पत्र महानगरपालिकालाई बुझाइको हो । उक्त ज्ञापन पत्रमा जोन चियर पर्शन केशवराज अधिकारीले निवेदन गर्नुभएको छ ।