सिटौलाको क्षेत्रमा राप्रपाका अन्जार आलम विजयी

614
views

झापा, १९, असार । सबैभन्दा होचो गाउँपालिका भनेर चिनिने झापाको कचनकवलको अन्तिम परिणाम सार्वजनिक हुँदा रोचक दृश्य देखा परेको छ । कुनैबेला वामपन्थी किल्ला मानिने यो ठाँउमा काङ्ग्रेस नेता कृष्ण सिटौलाको उदय भएपछि काङ्ग्रेस नै बलियो भयो । तर यसपटक भने सिटौलाकै मुख्य प्रभाव क्षेत्रमा हिन्दूवादी दल राप्रपाले प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा जितेको छ ।
राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका कालेन्द्र सिंह राजवन्शीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे ।
उपप्रमुखमा राप्रपाकै निम्सरी राजबंशी ५ हजार ७ सय ९२ मत ल्याएर विजेता बनिन् । उनकी निकटतम प्रतिद्वन्दी काङ्ग्रेसकि गिता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन् । यहाँको सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा काङ्ग्रेसले जितेको छ । माओवादी केन्द्र निल भएको छ । यो झापाको क्षेत्र नम्बर ३ मा पर्छ ।