फिफा कन्फेडेरेसन कपको नयाँ विजेता बन्यो जर्मनी

694
views

विश्व विजेता जर्मनी फिफा कन्फेडेरेसन कपको नयाँ विजेता बनेको छ । रुसको सेन्ट पिटर्सबर्गमा आइतबार भएको फाइनल खेलमा दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई १(० ले हराउँदै जर्मनीले उपाधि कब्जा गरेको हो ।
खेलको पहिलो हाफको २० औं मिनेटमा जर्मनीका लार्स स्टिन्डिलले गरेको पहिलो गोल नै खेलको निर्णायक गोल हुन पुग्यो। लार्सले डिफेन्डर मार्सेलो डियाजको गल्तिको फाइदा उठाउदै टीमो वेनरको पासमा गोल गरेका हुन् ।
खेलको दोस्रो हाफमा दुबै टोलीलाई गोल गर्ने राम्रो अवसर मिलेको भए पनि उक्त अवसरलाई उनीहरुले गोलमा भने परिणत गर्न सकेनन्।
चिली अनुभवी खेलाडीहरुले भरिएको टोली थियो भने जर्मनीमा नयाँ खेलाडीहरुको बर्चस्व थियो। उनीहरु बीच भएको समूह खेलमा दुबै टोलीले १(१ गोल गर्दै अंक बाडेका थिए। यद्दपि अनुभवी टोली चिलीले हिजो भएको फाइनल खेलमा भने कुनै गोल गर्न सकेन र युवा टोलीको जर्मनीले पहिलो हाफअघि गरेको गोल नै निर्णायक बन्यो।
यसअघि पोर्चुगल र मेक्सिको बीचको खेलमा मेक्सिकोलाई पराजित गर्दै पोर्चुगल तेस्रो भयो।