जलजला गाउँपालिकाका अध्यक्षले गरे जनमतमाथि कुठराघात

1412
views

पर्वत, १९, असार । विवादीत जलजला गाउँपालिकाको सदरमुकाम कहाँ बनाउने भन्ने विषयको विवाद उत्कर्षमा पुगेको छ । अन्नत गाउँपालिकाको सदरमुकाम टुङ्गो लगाउन बहुमत र अल्पमतको खेलसम्म भएको छ । २७ जनाको बहुमत टिम सदरमुकाम मिलनचोक–मोहोनचोक बनाउने तयारीमा रहेको छ भने अध्यक्ष सहित २२ सदस्यको अल्पमतले माँझफाँट केन्द्र बनाउने अडान लिँदा बारम्बारका बैठकहरु निष्कर्ष विहिन बनेका हुन् ।
सोमबार सदरमुकाम कुश्माको गोल्डेन होटेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसको तर्फबाट निर्वाचित जलजला गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष विकास जिसीले विवादीत गाउँपालिकाको केन्द्र जिपिएसका आधारमा लेकफाँट केन्द्र राख्ने निर्णय भएको बताए । जिसीले जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले अल्पमतको निर्णय लागु गर्दै माझफाँट मै केन्द्र राख्ने निर्णयलाई महत्व दिएपछि विवाद चुलिएको समेत बताए ।
काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष विकास जिसी, माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडा–९ का अध्यक्ष गौ बहादुर पुन र वडा–५ का अध्यक्ष एवं निर्वाचित जनप्रतिनीधिका संयोजक तिलक बहादुर जिसी लगायतले जिपिएसका आधारमा केन्द्रको टुङ्गो लगाउनुपर्ने भन्दै जिल्ला समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अकधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । सो गाउँपालिकाका अध्यक्ष आफैले आव्ह्वान गरेको बैठकलाई लत्याउँदै पटक पटक बैठक सार्ने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै वडा–९ का अध्यक्ष गौ बहादुर पुनले जनमतको कदर नगरी अध्यक्षले आफुखुसी केन्द्र राख्ने षडयन्त्र गरे देश मै उथलपुथल ल्याउने आनदोलन गर्ने चेतावनी समेत दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट जलजला गाउँपालिकाको अध्यक्षको टिकट पाएपछि स्थानीय तहको दोस्रो निर्वाचनमा विवादीत जलजला गाउँपालिकालाई मिलनचोक ल्याउने भन्दै जनमत बटुलेका काँग्रेस नेता याम बहादुर मल्ल (रामकृष्ण) ले अहिले जनमतमाथी कुठराघात गरेको स्थानीयको आरोप छ । विवादीत विषयमा अध्यक्षले सहि निर्णय गर्नुपर्ने अवस्थामा गाउँपालिकाका अध्यक्षले नै आफुखुसी गर्न थालेको भन्दै स्थानीयले संघर्ष गर्ने बताएका छन् ।