विकास बजेट खर्च नहुँदा विकासमा फड्को मार्न सकिएनः प्रधानमन्त्री

707
views

कैलाली, १९ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले विनियोजित सबै विकास बजेट खर्च हुन नसक्दा मुलुकले सोचेअनुरुप आर्थिक समृद्धि र विकासको क्षेत्रमा फड्को मार्न नसकेको बताउनु भएको छ । धनगढीमा आज प्रदेश नम्बर ७ को सामाजिक तथा आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारी गोष्ठीमा प्रधानमन्त्री देउवाले समयमै विकास बजेट खर्च हुने गरी कार्यायोजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले सात नम्बर प्रदेशलाई राष्ट्यि विकासको मुलधारमा जोड्नका लागि सरकारले सुदूरपश्चिम विकास आयोग गठन गरेर काम अघि बढाएको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भइसकेको अवस्थामा अब सरकार निर्धा्रित समयभित्रै केन्द्र र प्रदेशको निर्वाचनतर्फ केन्द्रित रहेको बताउनु भयो ।
दुइ दिनसम्म चल्ने गोष्ठीमा सामाजिक तथा आर्थिक क्षेत्रका विज्ञ लगायतको सहभागिता रहेको छ ।