उपमहानगरमा राप्रपाले खोल्यो खाताः नेपालगञ्ज मेयरमा धवलशमशेर

603
views

नेपालगञ्ज, २०, असार । नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार धवलशमशेर राणाले जित हासिल गरेका छन्। स्थानीय तह चुनावमा उपमहानगरमा राप्रपाले जितेको यो पहिलो रेकर्ड हो ।
राणाले १२ हजार ५१५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा.सुरेशकुमार कनौडिया ८ हजार ७३० मतमा रोकिए ।
उपमेयरमा नेपाली कांग्रेसकी उमा थापमगर विजयी भएकी छन्। थापाले १० हजार ७३१ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिद्धन्द्धी राप्रपाकी रमारानी वैश्यले ८ हजार ९२४ मत ल्याइन् ।