निःशुल्क सिमकार्ड पाएपछि सर्वसाधारण हर्षित

1966
views

नवदृष्टि संवाददाता
पर्वत, २०, असार । नेपाल टेलिकम पर्वतले जिल्लाका फनपा–२,४,५, ६ र ८ का र्वसाधारणहरुलाई सेवा विस्तार गर्ने योजना अनुसार नमस्ते प्रिपेडका एकहजार थान सिमकार्ड निशुल्क वितरण गरेको छ । टेलिकमले वाग्लुङ जिल्लाका जैमुनि नगरपालिक–८, साविक अर्जेवा गाविस र जैमुनी नगरपालिका–९ साविक जैदी गाविसका सर्वसाधारणलाई समेत सिमकार्ड वितरण गरेको छ । टेलिकमले गाउामा आएर सिमकार्ड उपलब्ध गराएपछि सर्वसाधारणहरु हर्षित बनेका हुन् । टेलिकमले निशुल्क सिमकार्ड वितरणसँगै सिमकार्ड लिने सर्वसाधारणको नागरिकताको फोटोकपी समेत टेलिकमले नै गरेको कर्मचारी केशव प्रसाद भुसालले बताए ।
ईन्टर टेक्नोलोजिको दिनप्रतिदिन विकास र विस्तार भैरहेका बेला दुरदराजमा रहेका तर सिमकार्ड समेत किन्न नसकेका सर्वसाधारणहरुलाई टेलिकमले घरदैलोमा पुगेर सिमकार्ड वितरण गरेपछि सेवाग्राही खुसी भएका हुन् ।