महेन्द्र जिसी
पर्वत, २०, असार । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयोजनाहरुमा डुब्लीकेशन भएको पाइएको छ ।
निर्वाचन क्षेत्र नं २ को सांसद क्षेत्र विकास कोषको बजेट मार्फत गरीएका आयोजनाहरु डुब्लीकेशन भएको पाइएको हो । जिल्ला समन्वय समितिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, सिंचाइ तथा अन्य योजनाहरुको प्रगतिको बारेमा स्थलगत अनुगमन गरेको र अनुगमनका क्रममा यस्तो पाईएको हो । जिल्लाको दक्षिणी क्षेत्रका ३ गाउँपालिका पैंयू, महाशिला र विहादी गाउँपालिकामा विभिन्न शिर्षकमा झण्डै २ करोड रकम बिनियोजन गरिएको थियो । खानेपानी, सिंचाई, विद्युत विस्तार, सडक, भवन निर्माण लगायतका अधिकाँश कामहरु ५० प्रतिशत मात्र सम्पन्न भएको अनुगमन टोलिले बताएको छ । टोलि संयोजक मिना केसीले निमय विपरीत सम्बोधन गरीएको सांसदका आयोजनामा धेरै डुब्लीकेशन भएको बताउनु भयो । केसीले क्षेत्र नं २ सांसद विकास कोषको बजेटले खानी गाउँमा निर्माणधिन भवानी विद्यापिठको आयोजना मध्ये धेरै आयोजनाको नाम जोडाएर डुब्लीकेशन गरिएको बताउनु भयो । यसतर्फ समन्वय समितिले उचित ध्यान पुर्याउन आवश्यक रहेको केसीले उल्लेख गर्नुभयो । टोलिका अनुसार जिल्ला भू–संरक्षण, वनसँग जोडाएर सांसदको नाम पारेर काम गरेका कारण बजेट सदुपयोग नभएको बताईएको छ । त्यस्तै बाच्छा भोक्सिङ्ग, होश्राङ्गदी, सरौंखोला अ
न्र्तगत निर्वाचन पूर्वाधार बिषेश कार्यक्रमको ४० लाख बजेट विनियोजन भएकोमा उक्त बजेट अन्तर्गत बिग्रिएको बाटोमा नाली बनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको अनुगमनको क्रममा पाईएको छ ।
पाडेगाउँ (पैदलमार्ग) भन्ज्याङ्ग–चिलाउनेखर्क वहाकी स्वास्थचौकी, चौरासीफाँट, नयाँपोखरी आपलाय कालिगण्डकी सडकको स्तरउन्तिको लागि विनियोजित भएको ११ लाख रुपैया गेप्ताङ्ग चिउरीखाल्टा शिवपुरी बेउलीबास–सालघारी–खोरपोखराको सडकको पनि ११ लाख र भुर्तेलथोक पियाखेत, उपल्लो थोक, मर्दिखोला, सौरीकोट, समीबोट, टिकरीक, सडकमा विनियोजित १० लाख रकम सडकको स्तरउन्नती र सडक मर्मतमा खर्च भएको पाईएको हो । योजनाहरुको काम सम्पन्न गर्न उपभोक्ताहरुलाई काम भ्याईनभ्याई भएको छ ।
विषेश गरी असारे विकासमा उपभोक्ता र सरकारी अड्डा लागेका कारण अनुगमन टोलिले आँफुहरुलाई सँधै साँक्षी बनाएर बजेट सिध्याउने खेल भएको बताएको हो । योजनापुर्व र निर्माण सम्पन्न भएपछि अनुगमन गर्ने सरकारी नियम भएपनि कमचारीहरुले काम सक्काएर अनुगमन कार्य पुरा गराउने हुँदा काम सन्तोषजनक भए नभएको भन्न नसकिने अवस्थामा रहेको टोलि संयोजक कृष्ण पराजुलीले बताउनु भयो ।