घर फर्किए म्यादी प्रहरी

605
views

तनहुँ, २२, असार । स्थानीय तहको निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहर िदोस्रा चरणको निर्वाचन सम्पन्न भएपछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले स्थानीय तहको निर्वाचनका लागि भर्ना गरेका म्यादी प्रहरीलाई बुधबार ६ बजे देखि देखि ड्यूटी नगर्ने गरी छुटकारा दिइएको छ । वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी छनौट गरिएका ७ सय ८८ जना म्यादी प्रहरीलाई दोस्रा पटकको निर्वाचन सम्म राखिएको थियो । म्यादी प्रहरीलाई अहिले छुटकारा दिइएपनि केहि दिन पछि औपचारिक रुपमा बिदाई गरिने तनहूँका एसपी उमेशराज जोशीले जानकारी दिए । उनीहरुले प्रहरी जवानहरुले पाए सरहको तलब सुविधा सहित तीन महिनाको तलब पाउने छन् । म्यादी प्रहरीलाई तलब दिदाँ बैकको चेकमार्फत र प्रमाणपत्र सहित प्रदान गर्न लागिएकोले अझै केहि दिन लाग्ने एसपी जोशीले बताए ।