माथिल्लो कर्णालीको बिजुली बंगलादेश बेच्ने समझदारी

565
views

काठमाण्डौ, २२, असार । भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ । उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो । भारतीय कम्पनी एनटीपीसी व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको बताइएको छ । ४ सय देखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको छ ।