युवा विदेश पलायन, रोपाईमा बुढापाका

पर्वतमा ५० प्रतिशत धान रोपाई

918
views

सन्दिप पाठक
पर्वत, २४, असार । युवा वैदेशीक रोजगारीतिर कुदिरहेको छ । गाउँलाई शहरको झटारो बढ्दै छ । बजारमा कोठा खोजेर बस्नेहरु पनि कमी छैनन् । गाउँमा भएको केही युवा जेनेरेशनलाई पनि जागिरकै दौडधुप ! यसैले रित्तिदै छ गाउँमा युवा जनशक्ति ।
मेलापर्म पनि कस्ले कस्कोमा गर्ने ? सबैलाई रोपाईको चटारो उत्तिकै । एकछिन खाली छैनन् पौरखी हातहरु, चौतारीमा चिसो बतासको आनन्द लिने फुर्सद छैन भन्छन् असारे रोपाईका व्यस्त रोपाहारहरु । पहाडतिर खेती कमोद गर्ने प्रचलन पनि छ ।
रोपाहारहरु अर्मपर्ममा जसोतसो हल चलाई रहेका छन् । टन्टलापुर घाममा पनि खेतमा देखिने एकाध तन्नेरी बाहेक उमेर पुगेका बुढापाकाहरु हलि,बाउसे बन्दै ठेलमठेलमा काम गरिरहेका छन् ।
फाँटतिर काँधमा हलो जुवा बोकेर खेती लगाउने चटारोमा हिड साईला, हिड माईला, बिहान छिट्टै गोरु नारौं, बेलुका छिटो फुकाउँला गाउँमा भएका एकाध भाई–छोरालाई काममा कज्याउँदै बुढापाकाहरु रोपाईमा व्यस्त छन् । उमेर हेर्दा घर कुर्नुपर्ने समयका बुढापाकाहरु युवाका जस्तो जोश जाँगर निकालेर खेती लगाउनुपर्ने बाध्यतामा रहेको बताउँछन् । रोपाई भनेको गह्रौं काम हो, न आत्तिएर हुने, न दौडेर हुने टन्टलापुर घाम र झरीको दिनमा पनि बुढापाका नै कसिएको फलेवास नगरपालिका–४ का ७० बर्षिय नन्दु प्रसाद गौडेलको भनाई छ ।
यस्तै पर्वत कुश्मा नगरपालिका–१० साविक पिपलटारीका ७५ बर्षिय नारायणदत्त सुवेदीले उमेरले बुढो भएको बताउँछन् । उनी भन्छन्–गाउँमा युवा शक्ति छैन्, घरमा बसेर पनि के गरौं बरु खेतमै गए रोपाई त होला भन्दै बिहानदेखी रोपाईमा व्यस्त भएको बताउँछन् ।
पर्वतमा ५० प्रतिशत धान रोपाईको काम सकिएको छ । गतबर्ष भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।