लाप्राक पुनर्निर्माणको काममा नेपाली सेना र एनआरएनए स्वयंसेवक

738
views

गोरखा, २४, असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध स्वयम सेवकहरु गोरखाको लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माणमा ब्यस्त छन् । नर्बे, बाज्रिल, क्यानडा, बेलायतलगायतका बिभिन्न २० देशका ३९ जना स्वयमसेवकहरु आउँदो १३ जुलाइसम्म गुप्सीपाखामा निजी आवास पुनर्निर्माणमै ब्यस्त रहनेछन् । लाप्राकको नमूना बस्ती पुनर्निर्माणमा एनआरएनएले स्वयमसेवक आब्हान गरेपछि उनीहरु श्रमदान गर्न आएका हुन् । लाप्राक पुनर्निर्माणमा नेपाली सेनाले पनि श्रमदान गर्दै आएको

छ । मेजर मनोज खड्काको नेतृत्वमा १३० जना दक्ष, अर्धदक्ष कामदार निजी आवास (घर) पुनर्निर्माणको काम गरिरहेका छन् ।
एनआरएनएको तर्फबाट नमूना बस्ती हेर्ने जिम्मा लिएका प्रोजेक्ट म्यानेजर बद्रीराज भण्डारीले घरको डिपिसी ढलान गरेपछि मात्रै गारो लगाउन सुरु गरिएको बताए । उनले पहिलो चरण निर्माण गरिएका इट्टा पानीले भिजेपछि बिग्रिएको त्यसपछि नयाँ प्रबिधि लगाएर बलियो इट्टा बनाएका छौं, आउँदो २१ जुलाइमा नमूना घर निर्माण गरि यो बर्ष (सन् २०१७) मा निजी आवासको काम सक्ने लक्ष्य राखेका छौं । एनआरएनएले गुप्सीपाखामा ५७३ वटा घर निर्माण सुरु गरेको हो ।
गुप्सीपाखा भूमे सामुदायिक बनको जग्गाभित्र पर्छ। तर मन्त्रीपरिषद बैठकले भोगचलनको अधिकारसहित लाप्राकीलाई गुप्सीपाखामा घडेरी उपलब्ध गराएपछि एनआरएनएले निजी घर पुनर्निर्माण सुरु गरेको हो । हो । मणिकामदेवी माध्यामिक बिद्यालय, स्वास्थ्य चौकी पनि गुप्सीमै निर्माण हुँदैछन् । नेपाली सेनाका मेजर मनोज खड्काले ‘घर निर्माणका लागि घडेरी खार्ने कामसँगै जग खन्ने काम पनि सकिएको बताए । उनले घरको डिपिसी ढलान गर्ने काम पनि अब सकिने क्रममा हुँदा झ्याल, ढोका राख्न काठ आवश्यक परेको तर काठ उपलब्ध नभएको बताए ।