शिक्षक पौडेलको दबाबमुलक शवयात्रामा स्थानीय र प्रहरीबीच झडप

695
views

नवदृष्टि संवाददाता
पर्वत, २५, असार । कुश्मा नगरपालिका पाङ–१ घर भई आईबल एकेडेमीमा पढाउने शिक्षक मृत्यु प्रकरणमा संलग्नलाई कार्वाहीको माग गर्दै स्थानीयले सदरमुकाम कुश्माबजारमा दबाबमुलक शवयात्रा गर्न खोज्दा प्रहरी र स्थानीयका बीच झडप भएकाे छ ।
शवयात्राका क्रममा स्थानीयले दबाब सिर्जना गर्न सडक बन्द गराएपछि प्रहरीले लाठीचार्ज गरेको शवयात्रामा सहभागी रामकृष्ण बैरागीले जानकारी दिए ।यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहर िनायव उपरिक्षक शेखर खनालका अनुसार स्थानीयले गरेको सडक जाम गराउँदा स्थानीयले नै ढुङ्गामुढा हानेपछि एकजना म्यादी प्रहरी घाईते भएको बताएका छन् । साविकको पाङ, खुर्कोट र कुश्माबजारबासीको सहभागितामा  जिल्ला प्रहरी कार्यालय देखी पर्वत जिल्ला अदालतसम्म शबयात्रा गर्ने कार्यक्रम रहेको छ ।