जिल्ला प्रहरी कार्यालयदेखी पर्वत जिल्ला अदालतसम्म पौडेलको शवयात्रा (अपडेट)

886
views

नवदृष्टि संवाददाता
पर्वत, २५, असार । आईबल एकेडेमीमा पढाउने शिक्षकको अन्तिम दाहसंस्कारको शवयात्राका क्रममा प्रहरी र स्थानीयकाबीच झडप भएको शवयत्रामा सहभागी स्थानीय रामकृष्ण दास बैरागीले जनाएका छन् । शवयात्राका क्रममा स्थानीयले सडक जाम गर्न खोज्दा जाम हटाउने क्रममा सामान्य झडप भएको र झडपमा एक म्यादी प्रहरी घाईते भएको प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिए । झडपमा केही स्थानीय पनि सामान्य घाईते भएको रामकृष्णदास वैरागीले बताए । स्थानीयले जिल्ला प्रहरी कार्यालयबाट पौडेलको शवयात्रा शुरु गरी बजार परिक्रमा गर्दै पर्वत जिल्ला अदालतसम्म पु¥याएका थिए । सो क्रममा पौडेल मृत्यु प्रकरणलाई स्थानीयले हत्या गरेको आरोप लगाउँदै चर्का नाराबाजी गरेका थिए । शवयात्राका क्रममा जिल्ला शिक्षा कार्यालय परिसरमा पुगेका स्थानीयले कटुवा चौपारीमा सञ्चालित हुँदै आएको आईवल एकेडेमीको खारेजीको माग समेत गरेका थिए ।

शिक्षक नारायण पौडेल आफै मरेको नभई मारिएको भन्दै घटनामा संलग्न दोषिलाई कडा कार्वाही हुनपर्ने पौडेलका दाजु विकास पौडेलको भनाई छ । प्रहरीले घटनाको अनुसन्धानका लागि आईवल एकेडेमीका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई प्रहरीले शुक्रबार सात दिनको म्याद समेत थप गरिसकेको जनाएको छ । नारायण पौडेलेको शवलाई आजै पाङ सहस्रधारा स्थित कालिगण्डकीमा अन्त्येष्टी गरिदैं छ ।