क्रान्तिकारी माओवादी केन्द्रिय समितिमा तीनवटा दस्ताबेज, के होला निर्णय ?

1583
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छ । बैठकमा तीनवटा दस्तावेज प्रस्तुत गरिएको पार्टी कार्यालय सचिव कृष्णभक्त महर्जनले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले बैठकमा ‘नेपाली समाजको स्वरुप र आम कार्य्दिशा’ शीर्षकको १४ पृष्ठ लामो दस्तावेज र २० पृष्ठको ‘राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् भने पार्टी कार्यालय सदस्य रामसिंह श्रीसले विधान प्रस्तुत गरेका छन् । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने यी दस्तावेजहरुमाथि सघन छलफल चलाएर समृद्ध तुल्याउने उद्देश्यले यी दस्तावेजहरु प्रस्तुत गरिएको सचिव कगेन्द्रले बताए ।
सचिव कगेन्द्रका अनुसार प्रस्तुत गरिएको विधानमा पार्टीलाई अब प्रदेश संरचनामा लैजानुपर्ने प्रस्ताव गरिएको छ । सोही अनुसार सबै केन्द्रीय सदस्यहरुको कार्य्विभाजन पनि बैठकले गर्ने उनले बताए । बैठकमा प्रस्तुत दस्तावेजहरुमाथि सबै केन्द्रीय सदस्यहरुले सोमबारदेखि सबै केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले उठेका विषयमा स्पष्टीकरण दिने कार्यक्रम रहेको छ ।
नेपाली कम्युनिष्ट तथा माओवादी आन्दोलनको क्रान्तिकारी धारको नेतृत्व गरिरहेको क्रान्तिकारी माओवादीको यो बैठकलाई निकै महत्का साथ हेरिएको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले अपेक्षित चुनावी परिणाम हासिल नगरेको र विप्लव नेतृत्वको नेकपाको निर्वाचन बहिस्कार पनि सफल हुन नसकेको स्थितिमा निर्वाचनको क्रान्तिकारी उपयोगको नीति सहित नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको क्रान्तिकारी माओवादीको यस बैठकलाई ती पार्टी्भित्रका क्रान्तिकारीहरुले नजिकबाट हेरिरहेका छन् ।
राष्ट्रिय सम्मेलनबाट पार्टीले अगाडि सार्दै आएको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्य्दिशालाई समृद्ध पार्ने र मूर्त खाका अगाडि सार्ने बताउँदै आएको छ । ‘महान बहस’को प्रक्रियाबाट कार्यदिशालाई समृद्ध पार्न लागेको हुनाले माओवादी केन्द्र र नेकपालगायत अन्य वाम पाटीभित्रका पनि क्रान्तिकारीहरु यो बहसमा सहभागी हुँदै राष्ट्रिय सम्मेलनसम्ममा क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुने पनि क्रान्तिकारी माओवादीका नेताहरुले दावी गरेका छन् ।