नेपालगन्ज, २७, असार । बाँके कोहलपुरका एक व्यक्तिले श्रीमतीको टाउको सहित प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । कोहलपुर–४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको घाटी रेटेर हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत तीनछक परे ।
अफतावले राति साढे ९ बजेतिर घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले भनाई छ ।
घटनास्थलमा पुग्दा फलसुनको लास भएको स्थानमा उनकी ५र६ महिनाकी छोरी छटपटाइरहेको पाइएको प्रहरी प्रहरीले जनाएको छ । प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाउँ, भनेर जेठी श्रीमतीको हत्या गरेका हुन् । अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।