कुश्मीसेरामा द्वन्द्वपीडित र जनप्रतिनीधको पहिलो भेट

797
views

सचिन्द्र श्रेष्ठ
बाग्लुङ्ग, २७, असार । नेपालमै पहिलोपटक जनप्रतिनिधि र स्थानिय सरकारसंग शान्ति र संक्रमणकालिन न्याय विषयक कार्यक्रम कुश्मिशेरा सम्पन्न भएको छ । दिगो शान्ति, र बिकास हाम्रो सरोकार, भन्ने नाराका साथ, संक्रमणणकालिन न्याय र सरोकारवालाहरुको भुमिका बिषयक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थागत पुन संरचना गरि पिडितले न्याय नपाउँदासम्म दिगो शान्ति नहुनेमा वक्ताहरुले जोड दिएका छन् ।
। सत्कर्म नेपालको मुल आयोजना र आमा मिलन केन्द्र, द्दन्दपिडित अधिकार समाजको साझेदारीता, जिससको सहयोगमां जैमुनी नगरपालिकाबाट निर्वाचित जनप्रतिनीधिसँग द्वन्द्वपीडित, राजनितिक दल, नागरिक समाज सो कार्यक्रम भएको हो । कार्यक्रमको अवधारणा पेश गर्दै सत्कर्म नेपालका कार्यकारी निर्देशक एवं सामाजिक अभियन्ता सिताराम थापाले संक्रमणकालिन न्याय लिग हराएको रेल जस्तो भएकोले दिगो शान्ति अलमलिएको र राज्यले मात्र सम्बोधन गर्न नसकेकाले स्थानिय सरकारको भुमिका हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जैमुनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज शर्माले शान्ति र न्यायको प्रक्रियाबारे धैरैस्थानिय निकायको भुमिकामा अनिवार्य हुने बताए ।
नगर कार्यकारी अधिकृत, बिष्णुराज सुवेदीले द्वन्दरत दुबै पक्षलाई मल्हम लगाउने गरि सम्बोधन र सहकार्य गरि समाधानको खाजी गर्ने बताए ।
कार्यक्रममा द्वन्दपीडितहरु खुमा क्षेत्री, सुर्यचन्द्र कंडेल, उमाकान्त शर्मा, भक्त बहादुर बहिक र डिल्ली प्रसाद शर्माले सत्कर्म नेपालले सहयोग गरेको र भावी दिनमां स्थानिय निकायबिच सहकार्य गरि नयाँ तरिकाले सम्बोधन गर्न अनुरोध गरेका थिए । यसैगरि राप्रपाका चेत बहादुर थापा, एकिकृत माओवादीका सोभा प्रसाद शर्मा, नेपाली काँग्रसका रबि शर्मा, उपभोक्ता मञ्च तथा बिध्यालय ब्यवस्थापनका अध्यक्ष तिलक थापा मगर लगायतले स्थानिय सरोकारको भुमिका मांथि आफ्नो धारणा र सुझाव राखेका थिए । सत्कर्म नेपालका निर्देशक सिताराम थापाको अध्यक्षता, द्दन्दपीडित समाजको ईलाका अध्यक्ष डिल्ली शर्माको स्वागत र संचालन सत्कर्म नेपालका कार्यक्रम अधिकृत श्री कृष्ण पौडेलले गरेका थिए ।