मुम्बई । बलिउड अभिनेता रणवीर सिंहसँग लामो समयदेखि प्रेममा रहेकी अभिनेत्री दीपिका पादुकोणको नाम अन्तराष्ट्रिय टेनिस स्टार नोवाक जोकोविकसँग पनि जोडिएको छ । नोवाककी पूर्वप्रेमिका तथा सर्बियन पपस्टार नतासा बेकवेलकले दीपिका र नोवाक हाल डेटिङमा रहेको खुलासा गरेकी छिन् ।
अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार नतासाले केही समयअघि सञ्चारमाध्यमलाई उनीहरू डेटमा रहेको सूचना दिएकी थिइन् । ’नोवाक जोकोविक बलिउड फिल्म स्टार दीपिका पादुकोणसँगको डेटिङमा खुसी छिन् ।’ नतासाले सञ्चारमाध्यमसँग भनेकी छिन् ।
दीपिका र नोवाक गत वर्षको मार्च महिनामा लसएञ्जल्समा सँगै देखिएका थिए । त्यो समयमा विदेशी सञ्चारमाध्यमले दीपिकालाई नचिनेकाले यो विषयमा त्यति चासो दिएनन् । तिनीहरूले दीपिकालाई नोवाकको साथी भनेर मात्र समाचार बनाए। तर दीपिकाका फ्यानले ट्विटरमा आक्रोश व्यक्त गरेपछि दीपिका लसएञ्जल्समा हलिउड अभिनेता विन डिजेलसँग फिल्म ’एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर चेज’को सुटिङमा रहेको समाचार लेखेका थिए ।
यो समयमा नोवाकले सञ्चारमाध्यमलाई दीपिका आफ्नी श्रीमती जेलेनाकी साथी रहेको बताएका थिए । तर, त्यहाँ जेलेना थिइनन् । दीपिकाले नोवाकसँग सन् २०१४ मा ’इन्टरनेसनल प्रिमियर टेनिस लिग टुर्नामेन्ट’मा डबल टेनिस खेलेकी थिइन् । यो प्रतियोगितामा रोजर फेडेरर र बलिउड अभिनेताहरू आमिर खान र रितेश देशमुख पनि थिए।
पूर्वप्रेमी नतासासँग नोवाक सन् २०११ देखि २०१४ सम्म जोडिएका थिए । २०१४ मा अहिलेकी श्रीमती जेलेना रिस्तिकसँग विवाह गरेपछि नोवाकले नतासालाई छोडेका थिए । केही समयअघि जेलेना र नोवाकको झगडा गर्दै गरेको भिडियो सार्वजनिक भएपछि बीबीसीका कमेन्टेटर जोन म्याकइनरोइले नोवाकको श्रीमतीसँगको व्यवहार गल्फर टाइगर उडसँग तुलना गरेका थिए । उडले श्रीमती छाडेर अर्केसँग लहसिएको खबर व्शिवभरि चर्चाको विषय बनेको थियो ।
                






नीहरू डेटमा रहेको सूचना दिएकी थिइन् । ’नोवाक जोकोविक बलिउड फिल्म स्टार दीपिका पादुकोणसँगको डेटिङमा खुसी छिन् ।’ नतासाले सञ्चारमाध्यमसँग भनेकी छिन् ।


