युवाशक्ति विदेशीएका कारण जन्मदर घट्याे

749
views

महेन्द्र जिसी
पर्वत, २७, असार । “म २३ वर्षको भएँ । मेरो विवाहको सोंच छैन । आँफनो उमेर आर्थिक अवस्था र आत्म निर्भरताको बारेमा सक्षम भएपछि मात्र विवाहको निधो गर्नुपर्छ र वल्लमात्र जीवन गुणस्तरीय बन्छ ।”
मंगलबार विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला जनस्वाथ्य प्रमुख सजिना महर्जनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा हुने वेफाईदाको ।बारेमा जानकारी गराईन् ।
शिवालय माध्यमिक विद्यालयलमा कक्षा दशमा अध्ययनरत बालबालिकाहरुलाई प्रशिक्षण गराउँदै महर्जनले देशको जनसंख्याको अवस्थ, शिशु मृत्युदर मातृ मत्युदर र जनसंख्या व्यवस्थापनमा राज्यले अवलम्बन गरेको नीति तथा लक्ष्यका बारेमा प्रशिक्षण दिंदै यसतो बताईन् ।
जिल्ला जनस्वाथ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लाको पछिल्लो तथ्याङ्क सार्वजनिक गरीएको थियो । जिल्लाको कुल जनसंख्या १ लाख ४६ हजार रहेको छ भने जनसंख्या वृद्धिदर घट्दो अवस्थामा रहेको छ । जनसंख्या फोेकल पर्सन ऋषि शर्माले जिल्लाको जन घनत्व २ सय ९७ प्रति वर्ग किलोमीटर रहेको र जनसंख्या वृद्धिदर घटदो अवस्थामा रहेको बताउँदै युवाशक्ति विदेशमा गएका कारण पनि जन्मदर क्रमश घटदै गएको बताए ।
महिला पुरुषको अनुपातमा प्रति एकसय महिलामा ८० जना पुरुष रहेका छन भने जन्म दर ९माईनस० –शुन्य दशमलव ७६ प्रतिशत रहेको बताईएको छ । व्यवस्थित परिवार, सम्बृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ मनाइएको दिवषमा परिवार व्यवस्थापन जन्मान्तर अस्थाई साधनको प्रयोगको अवस्था र प्रयोग दर लगायतका विषयमा जानकरी गराइएको थियो ।