अत्याधुनिक हतियार सहित आठ जनालाई प्रहरी फन्दामा

757
views

पोखरा, २७ असार । कास्की प्रहरीले अत्याधुकि हतियार सहिता पोखराको लेकसाइडबाट ८ जनालाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगर पालिका–६ डिहिकोपाटबाट ग २ च २१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा तनहुँको दुलेगौडाका उनीहरुलाई पक्राउ गरेको बैदाम प्रहरीका प्रमुख तथा प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरु तनहुँमा जग्गाको कारोबार गर्दै आएको प्रहरीको भनाई छ । उनीहरुका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।