ज्यान मार्ने धम्की दिएको भन्दै एलडिओ र इन्जिनियरले जिल्ला छाडे

862
views

म्याग्दी, २८, असार । ‘ज्यान मार्ने’ धम्की दिएको भन्दै स्थानीय विकास अधिकारी (एलडिओ) प्रेम गिरी र इन्जिनियर रविन महर्जनले जिल्ला छोडेका छन् । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (डिआरएलपी)का बेनी–अर्थुङ्गे–पाखापानी सडक निर्माणमा संलग्न हिमदुङ्ग एन्ड ठोकर नाना जेभी काठमाडौंका ठेकदार प्रतिनिधि (पेटी ठेकदार) रवी कार्कीले फोन गरी ‘ज्यान मार्ने’ धम्की दिएको भन्दै एलडिओ गिरी र इन्जिनियर मर्हजनले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु र विभागीय मन्त्रालयका सचिवलाई फोनबाट घटना जानकारी दिएर राति जिल्ला छोडेका हुन् ।