सर्वोच्चद्वारा हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई थुनामा राख्नुको कारण माग

555
views

काठमाडौँ, २८, असार । भष्ट्रचार आरोपमा पक्राउ परेर हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले थुनामा राख्नुको कारण माग गरेको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगाई विपक्षी बनाई गैह्र कानुनी रुपमा हिरासतमा राखेको भन्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामा राख्नुको कारण माग गरेको हो । बुधबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आउँदो शुक्रबार शर्मालाई पनि अदालतमा उपस्थित गराउन र हिरासतमा राख्नुको कारण दिन भनेको छ । कर फछ्र्यौट आयोगको सदस्य सचिव हँुदा अनियमित तरिकाले कर छुट दिएको भन्दै अख्तियारले गत जेठ १९ गते पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब रुपैयाँ धरौटीमा शर्मालाई रिहा गर्न भनेतापनि शर्माले धरौटी नबुझाएपछि थुनामा राखेको हो ।