पानीमा डुबेर दुई बालकको मृत्यु

614
views

बर्दिया २९, असार । बर्दियामा नाला तर्दा दुई बालबबो मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ३ जोडीपीपलका बालक राजेश महरा र पवन महराको डुबेर मृत्यु भएको हो । स्थानीय चपलानाला तर्ने क्रममा कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र सोही स्थानका रामसिंह महराका १० वर्षीय छोरा पवन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक श्याम जंग शाहले जानकारी दिनुभयो ।