द्वन्द्वपीडित भन्छन्–पीडितलाई देखाउने, पीडक हंसाउँने खेल भो

606
views

गल्कोट २९ असार । यहाँका द्वन्द्वपीडितले स्थानीय सरकारलाई गम्भिर प्रश्न तेस्र्याएका छन् । बाग्लुङ्ग जिल्लाको गल्कोटका द्वन्द्वपीडितले ‘शान्ति र विकास हाम्रो चाहाना’ भन्ने मुल नाराको साथ संक्रमणकालीन न्यायमा हाम्रो भुमिका र सम्मान कार्यक्रममा सहभागी द्वन्द्वपीडितले राज्य नै पीडितलाई देखाउने र पीडक हसाउने खेलमा लागेको बताएका हुन् ।
कार्यक्रममा सहभागी उनीहरुले दिगो शान्ति, विकास र द्दन्दपीडितको मुद्दा सम्बोधन गर्न स्थानिय सरकारले वकालत गरि रणनीति निर्माण गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममां सत्कर्म नेपालका अध्यक्ष, मानव अधिकारकर्मी एवं अभियन्ता सिताराम थापाले मुलुकको राजनीतिक संक्रमण बिगतदेखि बर्तमान अवस्था बारेको लामो कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा गल्कोट नगर प्रमुख भरत गैरेले द्दन्दप्रभावितको मुद्दाको सम्बोधन गर्न नीतिगत रुपमां थालनी गर्ने प्रतिबद्दता ब्यक्त गरे । कार्यक्रममा उप प्रमुख रेनुका काउचाले सामाजिक अधिकारमां लामो समय यस क्षेत्रमा कार्यरत सत्कर्म नेपालले द्वनद्वपीडितका अवाजहरु उठान गरेको र स्थानीय सरकारले त्यसको संबोधन गर्नुपर्नेमा जोड दिईन् ।
नगर कार्यकारी अधिकृत प्रदिप चन्द्र सुवेदीले शान्ति र द्दन्द निरुपणमुखि बिकास योजना बनाउन स्थानीय सरकारले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
सत्कर्म नेपालको मुल आयोजना द्दन्दिपिडित अधिकार समाज र आमा मिलन केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममां द्न्दपिडित बुल बहादुर केसी, छम कुमारी बस्नेत, जमुना थापा र नागरिक समाजका खिम बहादुर साहानीले राज्यसँग द्वन्द्वपीडितले पाउनुपर्ने अधिकारलाई भिख मागेजस्तै माग्नुपरेको गुनासो गरेका थिए । कार्यक्रममा सत्कर्म नेपाल र द्वन्द्वपीडितले जनप्रतिनीधिलाई सम्मान गरेका थिए ।