फुटबल दर्शकबीच झडपमा पर्खाल भत्किँदा आठ जनाको मृत्यु,४९ जना गम्भीर घाइते

1293
views

डाकार (सेनेगल) १, साउन । सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ।
शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो ।निर्धा्रित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका उनीहरुका पक्षधरको झडप भएको थियो ।
प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो ।
भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् । भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पु¥याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ ।
फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ होईनन् । दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । सिन्ह्वा