सचेत नागरिकको कर्तव्य र हुन्डी ब्यवसाय !

1494
views

-अनिरुद्र सुवेदी
विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्थाको आवश्यकता छ । देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत चलेको छ । अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन बैंक मार्फत पाउँदैन् । तर कार्वाही गर्ने कहिले ? हुन्डी सञ्चालकलाई कानुनी दायारामा ल्याउने कहिले ? सचेत नागरिक कहिलेसम्म अचेत वा नाफामुखी बनिरहने ? यी र यस्ता प्रश्नहरु हुण्डी व्यवसायको लागि उठेका हुन् । यो आर्थिक वर्षको दश महिनामा साढे पाँच खर्ब रुपियाँभन्दा धेरै विप्रेषण आम्दानी भएको राष्ट्र ब्यांकको पछिल्लो आँकडा बोल्छ । तर हुण्डी सञ्चालक त्यसको प्रवाह नै गर्दैनन् ।
उदाहरण प्रस्तुत नै गरौं म ऋणधन गरेर इजरायल आएको व्यक्ति हुँ । रातदिन दुःख गर्छु, । महिनौं महिनासम्म छुटी निकाल्दिन । आफ्नो परिवारको लागि म र प्रवासी नेपालीहरु संघर्ष गरिरहेका हुन्छौं । परन्तुः हामी एउटा जिम्मेवार नागरिक पनि हौं । हामीले नेतालाई गाली गर्दैमा समय विताइरहेका हुन्छौं । नेताले देश बिगारे, खत्तमै पारे, बर्बाद बनाए, कुरा यस्तो होईन् । हामी विरोधका विरोधी भयौं अर्थात हुण्डी जस्ता व्यवसायको विरोध गर्दैनौं मात्र नेताको जरोटुप्पो उगाल्नेतर्फ उन्मुख बन्छौं ।
मैले विषयलाई यहाँनेर पस्किन खोजेको छु । खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक, भारत अनि दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन् । हुण्डी फस्टाएको सबभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया हो । वार्षिक करिब ६० अर्ब रुपियाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र ब्यांकिंग प्रणालीबाट भित्रिने गरेको छ बाँकी हुण्डी मार्फत । हंगकंग, सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्समा समेत हुण्डी व्यावसाय चलेको छ । हुण्डी न्यूनीकरण गर्न सके ढुकुटीमा त्यो रकम उल्लेखनीय रूपमा बढ्नसक्छ ।
म राजश्व तिर्न बैंक मार्फत नै पैसा पठाउँछु भने मलाई हुण्डीको आवश्यकता छैन् । राष्ट नीतिगत रुपमा चल्ने हो भने राष्ट्रले पनि हुण्डी व्यावसायको लागि नीति बनाउन आवश्यक छ । जस्तो की हामी आफ्नो मनोरञ्जनको लागि बिलासितामा कुनैकुनै महिना हजार सेकल सक्छौं । फिजुल खर्चमा दुःख गरेर कमाएको रकम हिनामिना गर्दछौं । अरुले मात्र होइन् मैले पनि त्यही गर्दछु । अब हामीले गम्भिर भएर सोच्नुपर्ने भयो । फेसबुकमा आर्दशवादका ठुला ठुला कुरा गरेर आफूलाई महान राष्ट्रवादी सावित गर्न पछि पर्दैनौ । यथार्थमा हामी राष्ट्रद्रोही हौं । हामीले कमाएको पैसा अनेक बहानामा थुप्रै फजुल खर्च गछौं । दुई चार पैसाको लोभले हुन्डी मार्फत कारोबार गरेर राष्ट्रलाई गरिब र ब्यक्तिलाई करोडपति बनाउदै छौं । अनि आफुलाइ राष्ट्रबादी ठान्छौं । पहिला आफू नागरिक हुने कर्तव्य पूरा गरौं । म घोषित रुपमा यो हुन्डीको बिरोधमा अभियान सुरु गर्दै छु । हुण्डी विरोधमा सहयोगको अपेक्षा गर्दछु । सके सहयोगी गनुृहोस् नसके हुण्डी विरोधको विरोध नगर्नुहोस् । मैले यहि सिकेको छु । घुस लिने भन्दा घुस दिने ठुलो दोषी हो । हुन्डी सञ्चालक गर्ने भन्दा दुईपैसाको लोभले हुन्डीसँग कारोबार गर्ने हामी दोषी हौं । हजार माइलको यात्रा एक पाईलाबाट शुरु हुन्छ । हुण्डी विरोधको आवेग होईन् विरोध हो । विरोध गरौं, हुण्डी विरोधको आन्दोलन शुरु गरौं । हाल इजरायल