मानव अधिकारको १० सदस्यीय टोली दार्जीलिङ पुग्यो

729
views

काठमाडौं,५ साउन स्कुलहरुमा बंगाली भाषा अनिर्वाय गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन अब दिल्ली केन्द्रित भएको छ। तर, पहाडको बन्द हड्ताल भने कायमै छ। मंगलबार कालेम्बुङमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटी ९जीएमसीसी०को बैंठकले दार्जीलिङमा आन्दोलनलाई जारी राख्दै केन्द्रीय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको थियो।
उता गोर्खा जनमुक्ति मोर्चा ९गोजमो० अब यो आन्दोलनमा प्रधानमन्त्री कार्यलयको हस्तक्षेप चाहान्छ। मोर्चा प्रमुख विमल गुरुले पनि पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहेको बताएका छन्। गुरुले बुधवार मात्रै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए। उनले सिंहलाई भेटेर मोर्चा प्रतिनिधिहरुसँग मोदीको बैंठक राख्न आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीसँग भेट्न मोर्चाले रुपरेखा बनाइरहेको मोर्चा महासचिव रोशन गिरीले जनकारी दिए।
जीएमसीसीले गोर्खाल्याण्ड आन्दोलन प्रति केन्द्रको ध्यानाकर्षण गराउन १ अगस्त देखि दिल्ली केन्द्रित कार्यक्रम घोषणा गरेको छ। यसमा सबै दलका प्रतिनिध रहने छन जसले दिल्लीका विभिन्न र सांसदहरुसँग भेट गर्नेछ। मोर्चालाई लागेको छ कि केन्द्र गोर्खाल्याण्डको प्रक्षमा छ, तर न अहिलेसम्म केन्द्रले मुख खोलेको छ नत भाजपा नेताहरु नै यसबारे मुख खोल्छन्।
सुत्रका अनुसार राज्य प्रशासनले दार्जीलिङमा गरिरहेको दमन माथि केन्द्रको हस्तक्षेप चाहाने मोर्चाका प्रतिनिधिहरुलाई केन्द्रले भनेको छ,‘ यो कानुन व्यवस्था राज्यको विषय हो,यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन्। राज्यले चाहेमा अर्ध सैनिक बल पठाउन सकिने छ।’
मानव अधिकारको टोली दार्जीलिङमा
यसैबीच गोर्खाल्याण्ड आन्दोलनमा भएको भनिएको मानव अधिकार हननको अवस्थाबारे बुझ्न एक मानवअधिकारको टोली दार्जीलिङ पहाड जाँदै छ। भारतको एक प्रमुख मानव अधिकारवादी सँगठन एसोसियसन फर प्रोजेक्शन अफ ह्युमन राइट्स९एपीडीआर०को १० सदस्यीय टोली आज दार्जीलिङ पुग्दै छ।
एपीडीआरका महासचिव धीरज सेन गुप्ताले टोलीले आज त्यहाँको अवस्थाको अनुगमन गर्ने बताए। ‘गोर्खाहरुको छुट्टै राज्यको माग मानव अधिकार र मौलिक अधिकार हो। धेरै पुरानो मुद्धा पनि हो। तर राज्य र केन्द्र सरकार एउटा वैध निष्कर्ष निकाल्न इच्छुक नै छैन’, गुप्ताले भने,‘पहाडमा घरि–घरि यो आवाज उठिरहनुमा सरकारकै लापरवाही छ।’ उनले एपीडीआर टोली दार्जीलिङ, कालेबुङ, खरसाङ लगायतका क्षेत्रमा पुगरे त्यहाँका शोकग्रस्त परिवारसँग कुरा गरेर वास्तविकता बुझ्ने बताए।
छुट्टै गोर्खाल्याण्ड आन्दोलनको माग गर्दै करिब एक महिना देखि दार्जीलिङ पाहाडमा बन्द, हड्ताल सहितको आन्दोलन जारी छ। आन्दोलनमा अहिलेसम्म ९ जनाको ज्यान गईसकेको छ।